एन आर एन न्युज

एनआरएनएद्वारा प्रदेश २ का सात अस्पतालमा पिपिई हस्तान्तरण

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले प्रदेश २ का सातवटा अस्पताललाई १ सय २५ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ । बालुवाटारस्थित सङ्घको सचिवालयबाट उक्त पिपिई हस्तान्तरण गरिएको हो ।

एनआरएनए

सङ्घले प्रदेश नं २ को नारायणी अस्पताललाई २५ थान, सगरमाथा अञ्चल अस्पताल र जनकपुर अस्पताललाई २०÷२०, बारा जिल्ला अस्पताल र रौतहट जिल्ला अस्पताललाई १०÷१० थान पिपिई हस्तान्तरण गरेको हो ।

यस्तै वाग्मती प्रदेशस्थित केन्द्रीय कारागार अस्पताललाई १५ र भरतपुर क्यान्सर अस्पताललाई २५ थान पिपिई उपलब्ध गराइएको सङ्घको सचिवालयले जनाएको छ ।

कोभिड–१९का सङ्क्रमित बिरामीको उपचारमा संलग्न चिकित्सकका लागि पिपिई अनिवार्य भए पनि अझै पर्याप्त मात्रामा पिपिइ उपलब्ध हुन सकेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.