बिचार

नेकपा सरकार : गौरवशाली इतिहास बनाउने अवसरको सदुपयोग होस्

पूँजीवाद चिन्तनमा समाजवादको कल्पना गर्नु भनेको निकै जटिलता हो किनकी १७ र १८ शताब्दीका कमरेड कार्ल माक्र्स र बिश्व क्रान्तिका महानायक कमरेड लेलिनको बिचार १९ शताब्दीका कमरेड, माओ, होचि मियो, फिडेल क्यास्त्रोले, स्ट्रालिन, चे ग्वेभाराको क्रान्तिलाई देखेर नेपाली कम्युनिष्टको विश्लेसण गरियो भने ठूलो घात हुन आउँछ ।

नेपाली क्रान्ति बुलेटदेखि व्यालेट र व्यालेटदेखि समाजवाद र अन्त्यमा साम्यवादसम्मको बिश्व क्रान्तिको मार्गचित्र अनुसार अगिबढेको कम्युनिष्ट क्रान्ति २१ औ सताब्दिमा आइपुग्दा पूँजीवादको जालोमा चारै तर्फबाट पूरै बाँधिएको त होइन भन्ने विश्लेषण गर्न थालेको क़ुरामा दुईमत छैन ।

पूर्व देशहरूमा कम्युनिष्टहरुको अस्ताउन लागेको घाम भएको अवस्थामा एसियामा बल्न लागेक़ो कम्युनिष्ट बिचार केही समयको हाउबुजी मात्रा त होईन भन्ने कुरा आजको विश्व बजारमा चर्चा हुन लागेक़ो छ । विश्वका बाँक़ी रहेका केही राष्ट्रहरूलाई पनि चारै तर्फबाट घेरा हाल्ने काम नभएका होइनन् । यदि विश्वमा चीन र रसिया यी दुई राष्ट्रहरू आज कम्युनिष्ट राष्ट्र थियन् भने आजको दिनसम्म आइपुग्दा कम्युनिष्ट भनेको यो संसारमा केवल अस्तुको रूपमा मात्र सीमित रहने कुरामा दुई मत थिएन् । दर्शनको जन्म संघर्षबाट हुन्छ भन्ने सिद्धान्तलाई आधार मान्ने हो भन्ने पनि हिजोको एेतिहासिक जनयुको कार्य नीति, छापामार युद्लाद्धई आधार नीति निर्माणलाई हेर्दा गाउँदेखि शहर घेर्ने र श्रमिम, किसानलाई मजदूर आन्दोलनबाट उचाईमा पुर्याउँदै दरबार र महलहरूबाट होइन झुपड़ीहरूमा बस्ने श्रमिम किसान नै त्यस्तो वर्ग हो, जसले आधुनिक समाजको निर्माणसंगै आर्थिक क्रान्ति मार्फ़त देश र जनताको बिकास सम्भव हूनसक्छ भन्ने आधुनिक मार्क्सवाद लेकिनबादको नेपाली कम्यूनिष्ट फ़्यूज़नलाई आधार मान्ने हो भने नेपालमा कम्युनिष्ट क्रान्ति सफल भएकै हो ।

यो विश्व राजनीतिमा समाजवादको बीउ मात्र भएको अवस्थामा सिद्धान्तको आधारमा मात्रा पूँजीवादको अन्त्य गर्दै समाजवादको निर्माण हुन्छ भन्नु कच्चा क्रान्ति अर्थात् क्रान्तिको उपाहास हुने छ । नेपाली कम्युनिष्ट इतिहासलाई विश्लेषण गर्ने हो भने २००७ सालदेखि २०७७ सालसम्म आर्इपुग्दा युद्धको क्रान्तिलाई बीट मारी सदनबाट पनि कम्युनिष्टको अस्तित्व बचाउन सकिन्छ भनेको नेकपा एमाले र छापामार युद्धको क्रान्ति गरेको नेकपा माओबादी २०७५ सालमा आइपुग्दा एउटै मिलनबिन्दुमा समलित भएका छन् । मिलनपछि नेकपाले अभूतपूर्व सफलता हात पारेको र झण्डै दुई तिहाईको सरकार बनाउन सफल भयो । तर नेकपाको शक्तिलाई नेतृत्वले सही तरिकाले समायोजन गर्न नसक्दा नेकपाको नेतृत्वलाई प्रश्न गर्न थालेका छन्।

लगभग ८० वर्षपछि नेपाली कम्यूनिष्ट क्रान्तिमा नेकपाले अभूतपूर्व सफलता हात पारेको र तो सफतासंगै गम्भीर अन्तरविरोधहरू पार्टी पंक्तिमा कार्यान्वयन गर्ने अवस्थामा पार्टी नेतृत्वले शक्ति सन्तुलन गर्न नसकेको कारण नेपाली कम्यूनिष्ट रजनीतिमा अझ दुई तिहाईको सरकार यति धेरै आलोचित हुनुपर्ने अवस्था आउने थिएन होला । नेकपाले जुन विशाल परिमाणमा जनविश्वास आर्जन गरेको छ, त्यो निश्चित रुपमा जनताका इच्छा र आकांक्षाहरुको सही अभिव्यक्तिको कारणले संभव भएको हो, यदि बाहिर घोषित बाचाहरु र राम्रो काम पूरा गर्न नसकेको खण्डमा भोलिका दिनमा इमान्दारीता र जनविश्वास साँच्चिक़ै गुम्नेमा दुई मत छैन । अहिलेको अवस्थाको कूरा गर्ने हो भने पार्टी पंक्तिले पार्टीको कार्यनीति, ज़िम्मेवारी र कर्तव्यहरू काँधमा लिदै सत्ता र भत्तामा लिप्त अवसरवादी व्यक्तिहरूलाई कारवायी गरी भ्रष्टाचारको अन्त्य गरी जनतासँग अझ बढी सांगठनिक सम्बन्धको विकास गर्नु जरुरी छ । आगामी दिनहरूमा हामीले यस सम्बन्धलाई अझ घनीभूत र विस्तृत पार्नु आवश्यक छ । तर अहिलेलाई भने सरकारका उच्च क्षेत्रहरुबाट पहलकदमीको सवालमा हामीले तत्काल आउने ठूलठूला समस्याहरुमाथि हुने प्रतिक्रियाहरुप्रति पार्टीका नेता कमरेडहरूले अझ ज़िम्मेवार भएर काम गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

नेपाली कम्यूनिष्ट इतिहासमा पहिलो चोटी देशको राष्ट्र प्रमुख, सरकार प्रमुख, सदन प्रमुख त्यो पनि दुई तिहाईको सरकार र सरकार प्रमुख नै पार्टी प्रमुख भएको स्वर्णिम अवसर नेपाली कम्यूनिष्ट पार्टीलाई बिरलै प्राप्त हून्छ । यस्तो मौका आउँदा काम गरेर देखाउन नसकेको खण्डमा कम्यूनिष्टहरुप्रति जनताको नकारात्मक छाप पर्ने हुँदा सरकार प्रमुख केपी शर्मा ओली (प्रधानमन्त्री) पार्टी प्रमुख कमरेडले सरकार मार्फ़त नेपाली जनतालाई क़ानूनी राज्य, पर्यटन स्वास्थ्य, आर्थिक, सांस्कृतिक़, शिक्षा, रोज़गार, यातायात, सुरक्षात्मक खेलकूद, बैदेशिक नीति सम्बन्धीलाई प्रमुख आधार बनाई भष्ट्राचाको अन्त्य गरी ठुलाठुला जनसभाहरू र भाषण होईन जनतासंग प्रत्यक्ष अन्तरक्रिया गर्दै उखान टुक्का होईन जनताले बुझ्ने, पार्टी कार्यकर्ताहरूले बुझ्ने खालको सरल भाषामा जनताको वास्तविक आवाज़लाई उच्च मूल्याँकन गर्दै युवाहरूलाई स्देशमै रोज़गारीको अवसर दिने बाटो निर्माण गर्दै बिकसित मुलुकको निर्माणतर्फ अगि बढ्न सकेको खण्डमा यो कम्यूनिष्ट सरकारको ठूलो सफलता पाउने छ ।

समाजवादी व्यवस्थाको झल्को दिनेगरी काम गर्नु पर्ने नेपाली कम्यूनिष्ट सरकारले तो नभई उल्टो भ्रष्टाचार क्यान्सर जस्तै फैलिँदै बड्दो अवस्थामा छ । जस्तै भन्नु पर्दा बालुवाटार जग्गा अपचलन प्रकरण काण्ड र ललिता निवास जग्गा प्रकरण ,कोरोना संक्रमणपछि स्वास्थ्य सामग्री खरिद प्रकरण काण्ड लगायत काण्डैकाण्डको कम्यूनिष्ट सरकार नेपाली जनताले प्रश्न गर्न थालेका छन र पार्टीका आशालाग्दा कमरेडहरू, सरकारका मन्त्रीहरूको भ्रष्टाचारको गन्ध आउन थालेको छ । हिजोको राणाकालमा, राजाकालमा र काङ्ग्रेस सरकारभन्दा नेपाली जनताले आशा गरेको कम्यूनिष्ट सरकारमा यत्त्रो ठूलो भ्रष्टाचार नेपाली जनताले प्रश्न गर्न थालेका छन् । यो सरकारको विरोध गरेको होइन कि म जस्ता लाखौंलाख कम्यूनिष्ट सरकारबाट आशा गरेका शुभचिन्तक, पार्टी कार्यकर्ताको प्रश्न हो । सरकार पार्टीमा हेर्यो भ्रष्टाचार, दलाली, ठेकेदार, आर्थिक चलखेल कमरेड पुष्पकमल दाहाल प्रचण्डको जनयुद्ध यसैको लागि थियो ? कमरेड केपी शर्मा ओली, कमरेड झलनाथ खनाल, कमरेड माधव कुमार नेपाल यही देख़्नको लागि थियो ? झापा आन्दोलन, २०४६ सालको आन्दोलन र २०६२, ०६३ सालको आन्दोलन यसैको लागि थियो त ? यसको उत्तर नेतृत्व पंक्तिले दिनु पर्छ । भ्रष्टाचार अन्त्य, सर्वहारा बर्गको मुक्ति, मजदूर किसानको उत्थान के नारामा मात्रा सीमित हुने होकि कमरेडहरू गरेर देखाउने हो ? अब बेला आएको छ कमरेडहरू हिजो नेपाली जनताका बीचमा खाएका बाचा अनि कसम पूरा गर्ने समय आएको छ पूरा गरेर देखाउनुहोस् यो नै उपयुक्त समय हो ।

भित्र र बाहिर देखिएका द्वन्द्वहरुको उचित ब्यबस्थापना गर्दै पार्टी र समाजलाई थप एकताबद्ध बनाउन तपाईं हामी सबैको प्रभावकारी भूमिका हुने हुँदा कमरेडहरू सबै कूरा आज भोली नलाअइन मीडिया र समाचारलाई मध्यनजर गर्ने हो भने के सबै गरेको सत्ताकै लागि रहेछ त ? त्यो पनि होइन होला कमरेड । सत्ता र भत्ताको लागि मात्रा नभई सच्चा पार्टीको लागि कामगर्ने लाखौं कमरेडहरू भोलिको राम्रो पर्खाइमा हुनुहुन्छ । र कुरा यति मात्र हो कि कहिलेसम्म ? नेपाली जानता धेरै सचेत र पार्टीको निम्ति चिन्ता गर्नुहुने कमरेड जस्तै हजूर, म जस्ता धेरै कमरेडहरूले चिन्ता गर्ने क़ुरामा दुईमत छैन ।

विश्व महामारीका रुपमा फैलिएको विश्वको मानव सभ्यतामा नै खलबल हुने गरी कोरोना भइरस (कोविड १९) कारण मानिसले जीवन र मृत्युकोबीचमा संघर्ष गरिरहेको छ । प्रत्यक दिन हज्जारौंको संख्यामा मृत्यु र लाखौको संख्यामा यस रोगबाट पीड़ित भएको अवस्थामा हाम्रो विकासोन्मुख मुलुक पनि अछुतो रहेन । यो समयमा देशका जनतालाई कसरी जीवन रक्षा गर्ने त्यसपछिको आर्थिक संकटलाई समाधान गरी मुलुकलाई समृद्ध बनाउन यो सरकारको ठूलो दायित्व हून आउछ । देशको आर्थिक अवस्थालाई मध्यनजर राख्दै समय र व्यवस्था अनुकूल जनतालाई दैवी र प्राकृतिक प्रकोपकाबारेमा सचेत गराउनु पर्छ । त्यस संघर्षमा सरकारको मुख मात्र ताक्ने होईन कि स्वयं चेतनास्तर उच्च बनाएर समस्यासंग संघर्ष गर्न सक्नुपर्दछ ।

देशको आमूल परिवर्तनसंगै नेपाली जनताको जनचेतनामा पनि आमुल परिवर्तनको ठूलो भूमिका ख़ेल्ने छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले देशलाई थिलोथिलो बनाएको अवस्थामा कसैले करोडौं करोडको भ्रष्टाचार गरेको छ भने यदि पार्टीले र सरकारले छोड़े पनि नेपाली जनताले छोड्नेवाला छैन् ।

जो जहाँ हुनुहुन्छ सुरक्षित बस्नु होला। धन्यवाद !

(लेखक प्रवासी नेपाली एकता मंच जापान कमिटी सदस्य हुनुहुन्छ)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.