राजनीति

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन असारमा

नेकपा (एकीकृत समाजवादी)ले आगामी असार १६ देखि २० गते काठमाडौँमा १० औँ राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । आगामी जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन आन्तरिक तयारी अपुग भएकाले असारमा सार्न लागिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

एकीकृत समाजवादी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीले दीर्घ सोडारीलाई उम्मेदवार बनाउने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार सम्पन्न सचिवालय बैठकले पार्टीको सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय गरेको हो । नयाँ गठबन्धन निर्माणका क्रममा कुनै एक प्रदेशको मुख्यमन्त्री पद एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.