जापान

बढ्दो संक्रमणसंगै नेपाली दूताबास टोकियोबाट अधिकांश काम हुलाकबाट गर्न सूचित

जापानस्थित नेपाली राजदूताबास टोकियोले त्यहाँ रहेका नेपालीहरुका लागि आवश्यक सेवा हुलाकमार्फत गर्ने भएको छ । दूताबासले व्यक्ति स्वयं उपस्थित हुनुपर्ने अधिकृत वारेशनामा एवं हस्ताक्षर प्रमाणिकरण बाहेक अन्य काम हुलाकबाट गर्न आव्हान गरेको छ ।

दूताबासले वैशाख ८ गते एक सूचना जारी गर्दै भनेको छ– “नयाँ भरियन्ट सहितको कोभिड–१९ को संक्रमण जापानमा पनि तीब्ररुपमा फैलिरहेको स्थितिमा सेवाग्राही एवं सेवा प्रदायक सबैको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै २०७८ वैशाख १३ (२६ अप्रिल २०२१) देखि अर्को सूचना नभएसम्मका लागि उल्लेखित काम बाहेक सबै हुलाकबाट गर्न आव्हान गरेको हो ।

दूताबासले व्यक्ति स्वयं उपस्थिति हुनुपर्ने (अधिकृत वारेशनामा एवं हस्ताक्षर प्रमाणिकरण)बाहेक पासपोर्ट, ट्राभल डकुमेन्ट, भिसा, सवारी चालक अनुमतिपत्र, विवाह सम्बन्धी काम लगायत अन्य कागजात प्रमाणिकरण सम्बन्धी कार्यहरु अर्को सूचना जारी नभएसम्म हुलाकमार्फत मात्र गरिने जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.