यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)
सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लिराज आचार्य र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्यलाई नियुक्ति र मनोनयन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्ष पदमा आचार्य तथा सदस्यमा सिम्खडा र शाक्यलाई नियुक्त गरेको सञ्चार, सूचना एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लिराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने निर्णय
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल, काठमाडौं सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने निर्णय
नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने निर्णय
मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने निर्णय





प्रतिक्रिया राख्नुहोस्