राजनीति

रास्वापाका समानुपातिक सांसदलाई तोक्यो क्षेत्रगत जिम्मेवारी

सत्तारुण् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रहरूका लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ ।

रास्वपाले त्यसका लागि कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लम्बिनी प्रदेशमा पाँच, कर्णालीमा ११ र सुदूरपश्चिम प्रदेशमा छ जना सांसदलाई जिम्मेवारी तोकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

ती जिम्मेवारी तोकिएका सांसदहरुले ती क्षेत्रका समसामयिक समस्याका विषयमा समन्वय गर्ने छन् । रास्वपाको यो निर्णयले संसदीय अभ्यासमा नयाँ आयाम थपेको टिप्पणी भैरहेको छ ।

देशभरबाट प्राप्त मतका आधारमा चुनिएका सांसदहरुका लागि कुनै निर्वाचन क्षेत्र नरहेको अवस्थामा सत्तारुढ दलले समानुपातिक सांसदहरुलाई जिल्ला र निर्वाचन क्षेत्र तोकेर जिम्मेवारी दिनुलाई सकारात्मक मानिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.