जन सरोकार

अनलाइन सट्टेबाजीमा संलग्न १३ जना भारतीय नागरिक पक्राउ

अनलाइन फेयर प्ले बेटिङ साइट जुवा (सट्टेबाजी) मा संलग्न रहेको अभियोगमा भारत राजस्थान हनुमाननगर मस्तवानी हर्ड पंचायत बस्ने २१ वर्षीय भिम सेन समेत १३ जना भारतीय नागरिकहरूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अनलाइन सट्टेबाजी

बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित एक घरको पहिलो र दोस्रो तला भाडामा लिई अनलाइन फेयर प्ले बेटिङ साइट संचालन गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न कम्पनीका ल्यापटप १३ थान, विभिन्न कम्पनीका मोबाइल सेट ३९ थान लगायत अन्य विद्युतिय उपकरणहरूसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.