क्रिकेटखेल

आइपिएलमा कोलकाताद्वारा दिल्ली आठ विकेटले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा कोलकाताले दिल्लीलाई ८ विकेटले पराजित गरेको हो ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । दिल्लीका लागि पाथुम निसांकाले २९ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५० रनको अर्धशतकीय पारी खेले भने आशुतोष शर्माले २८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३९ रन बनाए ।

त्यस्तै केएल राहुलले २३ र कप्तान अक्षर पटेलले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । कोलकाताको लागि अनुकुल रोय र कार्तिक त्यागीले समान दुई-दुई विकेट लिए भने बैभव अरोरा,सुनिल नारिन र वरुण चक्रवर्तीको भागमा समान एक-एक विकेट रह्यो । दिल्लीले दिएको १ सय ४३ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकाताले १४ दशमलव २ ओभर २ विकेट गुमाउँदै पूरा गर्यो ।

कोलकाताको लागि फिन एलेनले ४७ बलमा ५ चौका र १० छक्का प्रहार गर्दै अविजित रहँदै १ सय रन बनाए भने क्यामेरून ग्रीनले २७ बलमा २ छक्काको मद्दतमा ३३ रनमा नटआउट रहे । यस्तै कप्तान अजिन्क्य रहाणेले १३ रन जोडे । दिल्लीको लागि अक्षर पटेलले एक विकेट लिए ।

जितसँगै कोलकाता १० खेलमा नौ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ भने समान खेलमा आठ अंक जोडेको दिल्ली आठौँ स्थानमा झरेको छ । प्रतियोगिता अन्तर्गत आज राति नेपाली समयनुसार पौने आठ बजे राजस्थान रोयल्स र गुजरात टाइटन्स भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.