जापान
विमान चार्टर गरेर जापान जान चाहनेलाई अनुमति दिने निर्णय
अध्ययन तथा रोजगारीका लागि जापानमा रहेका नेपालीहरु स्वदेश फर्केर लकडाउनका कारण जान नपाएकाहरुमध्ये केहीलाई विमान चार्टर गरेर जान दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले उनीहरुलाई चार्टर फ्लाइटमार्फत जान दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीकाअनुसार यतिबेला जापान जान चाहने करिब ६ हजार छन् । तर अहिले नेपाल आएर बसेका करिव ६०० विद्यार्थी तथा नेपाली नागरिकलाई आवश्यक जाँच पूरा गरेर चार्टर फ्लाइटबाट जान दिने निर्णय भएको छ ।
यस्तै हङकङ आइडी भएका तर लकडाउनमा परेकाहरुलाई पनि चार्टर विमानबाट जान दिने निर्णय भएको छ ।
प्रतिक्रिया राख्नुहोस्