जापान

जापानबाट सातसय २१ मिलियन डलर क्रिप्टो करेन्सी चोरी

पाँच वर्षको अवधिमा जापानबाट ठूलो मात्रामा डिजिटल मुद्रा क्रिप्टो करेन्सी चोरी भएको तथ्य बाहिरिएको छ । उत्तर कोरियासंग आबद्ध ह्याकरले सन् २०१७ देखि २०२२ का ५ वर्षमा ७२१ मिलियन डलर बराबरको क्रिप्टो चोरी गरेको हो ।

बेलायती ब्लकचेन एनलाइसिस कम्पनी एलिप्टिकले सार्वजनिक गरेको रिपोर्टले अनुसार यो रकम गत सात वर्षमा विश्वभर भएको कुल क्रिप्टो चोरीको ३० प्रतिशत हो । एलेप्टिकको यो रिपोर्ट रोयटर्सले समाचारका रुपमा सार्वजनिक गरेको थियो ।

त्यसै गरी ठूलो परिमाणमा मुद्रा चोरीको यो रिपोर्टलाइ एक जापानी पत्रिकाले पनि सार्वजनिक गरेपछि डिजिटल मुद्रा सुरक्षाका लागि सम्बन्धित निकायहरुले सघाउने बताएका छन् ।

रिपोर्ट बाहिरिएपछि गत शनिबार जापानका पूर्व तथा हाल बहालवाला अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरहरूले सामूहिक विज्ञप्ति जारी गर्दै दैनिक रूपमा बढिरहेको यस्ता चुनौतीलाई सामना गर्न आफूहरू सहयोगका लागि तयार रहेको बताएका थिए ।

रिपोर्टका अनुसार सन् २०१७ देखि २०२२ को बिचमा भएको कुल क्रिप्टो चोरीमध्ये व्यावसायिक कम्पनीहरूको मात्र २ अर्ब ३० करोड डलर बराबर रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.