संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश डा मनोजकुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । डा. शर्मालाई संवैधानिक परिषद्ले प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो ।
सिंहदरबारमा आज मंगलबार बसेको समितिको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
सुनुवाइ समितिमा प्रस्तावित प्रधान न्यायाधीश शर्माले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने त्यसमाथि छलफल भएको थियो ।
समितिले प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो । शर्माविरुद्ध समितिमा १६ उजुरी परेको थियो ।
संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।





प्रतिक्रिया राख्नुहोस्