क्रिकेटखेल

आइपिएलमा राजस्थानद्वारा लखनउ सात विकेटले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) मा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो ।

राजस्थानको घरेलु मैदान सवाई मानसिंह स्टेडियम, जयपुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । लखनउको लागि मिचेल मार्शले ५७ बलमा ११ चौका र ५ छक्काको सहयोगमा ९६ रनको अर्धशतकीय पारी खेले भने जोश इङलिशले २९ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ६० रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै कप्तान ऋषव पन्तले ३५ रन जोड्दा निकोलस पुरनले १६ रन बनाए । राजस्थानको लागि यश राज पुञ्जाले दुई विकेट लिए भने जोफ्रा आर्चरको भागमा एक विकेट रह्यो । लखनउले दिएको २ सय २१ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको लागि वैभव सुर्यबंशीले ३८ बलमा ७ चौका र १० छक्काको सहयोगमा ९३ रनको अर्धशतकीय पारी खेले भने ध्रुव जुरेलले ३८ बलमा ३ चौका र ३ छक्काको मद्दतमा अविजित रहँदै ५३ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै यशश्वी जैसवालले ४३ रन जोड्दा डोनोभान फरेरा १६ रनमा अविजित रहे । लखनउको लागि आकाश सिंह र मोशिन खानले समान एक-एक विकेट लिए । जितसंगै राजस्थान १३ खेलबाट १४ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ भने प्रतियोगिताबाट बाहिरि सकेको लखनउ भने समान खेलमा ८ अंक जोड्दै पुछारमा रहेको छ । अब लिग चरणको अन्तिम खेलमा राजस्थानले मुम्बईलाई पराजित गरेमा राजस्थान प्लेअफमा पुग्नेछ ।

प्रतियोगिता अन्तर्गत आज राति नेपाली समयनुसार पौने आठ बजे कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.