एन आर एन न्युजजापान

नेपालको नयाँ नक्सा जारी भएकोमा एनआरएन जापानको स्वागत

गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानले नेपाल सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेकोमा स्वागत गरेको छ ।

संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बिहिबार एक विज्ञप्ति जारी गरी भारतको निरन्तरको हेपाहा प्रवृत्तिलाई चुनौति दिएकोमा त्यसको स्वागत गर्दै थिचोमिचो बिरोध गर्दै भारतले एकतर्फी रुपमा लिपुलेकहुँदै सडक बनाएर उद्घाटन गरेकोमा भत्र्सना समेत गरिएको छ ।

विज्ञप्तिमा विश्व कोरोना भाइरस संक्रमणको महामारीमा परिरहेका बेला भारतले नेपाली भूमि मिचेर सडक बनाउनु एउटा छिमेकी मित्रराष्ट्रले गर्नुपर्ने दायित्व बिर्सेर चोट दिने काम भएको भन्दै नेपालमाथि भारतको हेपाहा प्रवृत्तिको भत्सृना समेत गरिएको छ ।

त्इसै गरी विज्ञप्तिमा नेपाल सरकार आफ्नो सीमा रक्षामा प्रतिबद्ध रही आगामी पुस्तालाई सीमा रक्षाका निम्ति प्रेरित गर्ने भूमिका निरन्तर भैरहने आशा समेत व्यक्त गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.