सोमबार थपिए दुई सय २६ जना संक्रमित, कुल संख्या एक हजार सात सय ९८

नेपालमा कोरोना संक्रमितको संख्या दैनिकरुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा २ सय २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ र यो संख्या हालसम्मकै सबैभन्दा बढी हो ।
योसंगै कुल संख्या १ हजार ७ सय ९८ पुगेको जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २ सय २६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
सोमबार सबैभन्दा बढी संक्रमित दैलेखका छन् । त्यहाँ ४१ जनामा पोजेटिभ देखिएको हो । भेटिएका संक्रमितमध्ये २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।
डा. देवकोटाका अनुसार नेपालको ७७ मध्ये ५९ पुगेको छ । सोमबार डोटी जिल्ला कोरोना संक्रमण हुनेमा थपिएको हो । अहिलेसम्म भेटिएका सक्रमितमध्ये १६ सय ६७ जना पुरुष रहेका छन् भने १ सय ३१ जना महिला छन् ।
मन्त्रालयका अनुसार सोमबार झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको हो ।