राजनीति

राष्ट्रियसभाको बैठक मङ्गलबारसम्म स्थगित

राष्ट्रियसभाको बैठक भोलि मंगलबार बस्ने गरी स्थगि भएको छ । सोमबारको दोस्रो बैठकमा पनि सदस्यहरुले अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नै नगरी मङ्गलबारसम्मका लागि स्थगित भएको छ ।

पहिलो बैठकमा आकस्मिक समय लिएर बोल्ने सांसदहरुले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिनुभएको अभिव्यक्तिप्रति विमति जनाउँदै बैठक सञ्चालनमा व्यवधान गर्नुभएको थियो । त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।

दोस्रो बैठकमा पनि सांसदहरुले निरन्तर विरोध गरेपछि अध्यक्ष दाहालले भोलि जेठ १९ गते मङ्गलबार १ः१५ बजेसम्मका लागि बैठक स्थगन भएको घोषणा गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.