खेलफूटबल

चाइनिज ताइपेइ बिरुद्ध नेपाल दुई शून्यले विजयी

सन् २०२२ मा हुने विश्वकप तथा २०२३ मा हुने एसिया कपको छनौट प्रतियोगिताको दोस्रो चरणको पहिलो खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर हल हमाद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० ले पराजित गर्दै एसियाकप खेल्ने सम्भावना बढाएको छ ।

नेपालको जितमा अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका थिए । छनोट खेल अघि इराकसितको मैत्रीपूर्ण खेल खेलेर टोली कुवेत प्रस्थान गरेको थियो । कुवेतमा नेपाली टोलीले खेल्ने तीन खेलमध्ये पहिलो खेलमा ताइपेइलाई पराजित गरेको हो ।



नेपालले दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button