राजनीति

एमाले एकताका लागि प्रधानमन्त्री ओलीको ६ बुँदे प्रस्ताव, जेठ ३ पहिलेको अवस्थामा फर्काउने घोषणा

विभाजनको संघारमा पुगेको नेकपा एमालेको एकता कायम गर्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ बुँदे प्रस्ताप अघि सार्दै पार्टी कमिटी र जनसंगठनहरु २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्नुभएको छ ।

आइतबार पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान गर्दै अध्यक्ष ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिए आफू जेठ ३ का फर्कन तयार रहेको बताउनुभएको छ ।

अध्यक्ष ओलीको प्रस्तावमा भनिएको छ “नेकपा (एमाले)लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन् । मातहतका पार्टी कमिटी र जनसङ्गठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् ।”

“एकताको नाममा षड्यन्त्र र जालझेलमा अलमलिनु नहुने”

“सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ । आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले)का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ ।”

यसअघि खनाल–नेपाल समूहले ओलीले वार्ता र एकताको नाममा चालबाजी गरिरहेको बताउँदै विकल्पमा जानुपर्ने प्रस्ताव पारित गरेका थिए । सो समूहले एकताका लागि कारबाही फिर्ता लिएमात्रै वार्ता अघि बढ्ने पनि बताएका थिए ।

हेर्नुहोस प्रस्ताव

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.