जापानद्वारा एच–३ रकेट सफल परीक्षण प्रक्षेपण
जापानले शुक्रबार एच–३ रकेटको परीक्षण संस्करण सफलतापूर्वक प्रक्षेपण गरेको छ। देशको दक्षिण–पश्चिमी प्रान्त कागोशिमास्थित तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट उक्त रकेट प्रक्षेपण गरिएको हो।
एच–३ रकेट नम्बर ६ लाई स्थानीय समयअनुसार बिहान ९:५४ बजे प्रक्षेपण गरिएको हो। प्रतिकूल मौसमका कारण यसअघि तय गरिएको समयभन्दा दुई दिन ढिलो प्रक्षेपण गरिएको जनाइएको छ।
जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सीका अनुसार रकेटले अपेक्षाअनुसार प्रदर्शन गर्दै प्रक्षेपणपछि करिब १५ मिनेटमै लक्षित कक्षमा प्रवेश गरेको छ।
उक्त रकेटले समुद्री अवलोकन तथा अन्तरिक्षमा रहेका फोहोर (स्पेस डेब्रिस) हटाउने प्रविधिको परीक्षणलगायत विभिन्न उद्देश्यका लागि प्रयोग हुने छ वटा साना उपग्रहहरू बोकेको थियो।
क्योदो न्युजका अनुसार गत वर्ष डिसेम्बरमा एच–३ रकेट नम्बर ८ को असफल प्रक्षेपणपछि यो पहिलो सफल एच–३ मिसन हो।




प्रतिक्रिया राख्नुहोस्