जापानबिशेष

जापानको दक्षिणी तटीय क्षेत्रमा सुनामीको चेतावनी (सुनामी पुग्ने स्थान र अनुमानित समय सहित)

जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले जापानको दक्षिणी तटीय क्षेत्र इबाराकी प्रिफेक्चरदेखि ओकिनावा प्रिफेक्चरसम्मका लागि सुनामी चेतावनी जारी गरेको छ। एजेन्सीका अनुसार अधिकतम १ मिटर अग्ला तरंगहरू आउन सक्ने अनुमान गरिएको छ।

यो चेतावनी फिलिपिन्सको दक्षिणी तटीय क्षेत्रमा केन्द्रबिन्दु रहेको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जारी गरिएको हो।

सुनामी जोखिम र प्रारम्भिक विवरण

(जेएमए)का अधिकारी कियोमोटो मासाशीका अनुसार सन् २०२३ डिसेम्बरमा सोही क्षेत्र नजिक ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले जापानसम्म असर गर्ने सुनामी ल्याएको थियो। त्यसबेला सुनामी चेतावनी हटाउन करिब ९ घण्टा लागेको थियो।

उहाँका अनुसार भूकम्प विदेशमा भएको हुँदा पहिलो तरंगभन्दा पछिल्ला तरंगहरू बढी उचाइका हुन सक्ने सम्भावना रहन्छ। फिलिपिन्सको दाभाओ क्षेत्रमा करिब ०.५ मिटर अग्लो सुनामी तरंग देखिएको पनि पुष्टि गरिएको छ।

(जेएमए)ले समुद्री किनारबाट टाढा रहन र पानीभित्र रहेका व्यक्तिहरूलाई तुरुन्तै बाहिर निस्कन आग्रह गरेको छ। यद्यपि हालसम्म उडान सेवामा कुनै असर परेको छैन।

त्यसै गरी, जापानका प्रमुख रेल सेवाहरू, टोकाइदो, सान्यो र क्युस्यु शिन्कान्सेन, न्य रूपमा सञ्चालन भइरहेका छन्। टोकियो आसपासका स्थानीय रेल सेवा पनि नियमित रूपमा चलिरहेका छन्।

जापानी समाचार संस्था एनएचकेका अनुसार जापानका विभिन्न क्षेत्रमा करिब १ मिटर उचाइसम्मको सुनामी तरंग पुग्न सक्ने अनुमान गरिएको छ। सम्भावित आगमन समय यस प्रकार छ-

मियाकोजिमा र याएयामा क्षेत्र: बिहान ११:००
आमामी र टोकारा टापु: ११:३०
दाइतो टापु क्षेत्र: ११:३०
ओकिनावा क्षेत्र: ११:३०
तानेगाशिमा र याकुशिमा (कागोशिमा): दिउँसो १२:००
ओगासावारा टापु: १२:००
कागोशिमाको पूर्वी तट: १२:३०
मियाजाकी, कोची, वाकायामा, मिए: १२:३०
शिजुओका, आइची, चिबा (कुजुकुरी/सोटोबो), इजु टापु: १:००
सागामी बे र मियुरा प्रायद्वीप: १:३०
चिबा (उचिबो): १:३०
इबाराकी: १:३०

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.