जन सरोकार

सेल्फी डाँडा बस दुर्घटना अपडेट : मृतकको संख्या आठ पुग्यो

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोट नजिक पर्ने सेल्फी डाँडामा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटना परी मृत्यु हुनेको संख्या आठ जना पुगेको छ भने दर्जनौं यात्रु घाइते भएका छन्।

बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विस्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । स्थानीयवासी, प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार कार्य जारी राखेका छन् ।

प्रहरीले घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। तीव्र मोड र भिरालो सडक रहेको उक्त क्षेत्रमा ब्रेक फेल वा चालकको नियन्त्रण गुम्नुलाई सम्भावित कारणका रूपमा हेरिएको भए पनि यकिन कारण भने अनुसन्धानपछि मात्र स्पष्ट हुने जनाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.