फिफा विश्वकप २०२६ मा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । आइतबार बिहान भएको समूह ‘डी’ अन्तर्गतको खेलमा अस्ट्रेलियाले टर्कीमाथि २–० को जित हासिल गरेको हो ।
अस्ट्रेलियाको लागि नेस्टरी इरानकुन्डा र कनर मेटकाल्फले गोल गरे । भ्यान्कोभरको बिसी प्लेसमा भएको खेलमा खेलको २७ औं मिनेटमा इरानकुन्डाले गोल गर्दै अस्ट्रलियालाई अग्रता दिलाए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा अस्ट्रेलियाले थप एक गोल गर्यो ।
मेटकाल्फले खेलको ७५ औं मिनेटमा गोल गर्दै अस्ट्रेलियालाई जित दिलाए । समूह ‘डी’ मा अमेरिका र अस्ट्रेलिया समान ३-३ अंक ओद्दै क्रमस:पहिलो र दोस्रो स्थनमा छन् भने पाराग्वे र टर्कीले अंक जोड्न सकेका छैनन् ।




प्रतिक्रिया राख्नुहोस्