विश्व समाचार

ट्रम्पको इरान नीतिमाथि ओबामाको कटाक्ष- ‘दबाब र बमले समाधान हुँदैन’

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच हुने कुनै पनि सम्भावित सम्झौता आफूले ११ वर्षअघि गरेको परमाणु सम्झौताभन्दा उल्लेखनीय रूपमा राम्रो हुने अपेक्षा अवास्तविक भएको बताउनुभएको छ ।

आइतबार एबीसी न्युजको चर्चित कार्यक्रम ‘दिस विक’मा प्रसारित अन्तर्वार्ताको अंशमा ओबामाले वासिङ्टनका सबै माग पूरा नगर्ने सम्झौता भए पनि प्रत्यक्ष युद्ध टार्नका लागि वार्ता गर्नु राम्रो हुने संकेत दिनुभएको हो ।

ट्रम्प प्रशासन अलग भएको सन् २०१५ मा भएको ऐतिहासिक परमाणु सम्झौताप्रति संकेत गर्दै ओबामाले भन्नुभयो, ूउत्पन्न हुने कुनै पनि सम्झौता हामीले सुरुमै गरेको सम्झौताभन्दा उल्लेखनीय रूपमा फरक वा उत्कृष्ट हुने सम्भावना कम छ।ू

ओबामाका अनुसार उहाँको प्रशासनले गरेको सम्झौताले लामो समयसम्म प्रभावकारी रूपमा काम गरेको थियो, तर पछि संयुक्त राज्य अमेरिका त्यसबाट बाहिरिएको थियो।

अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यतिर इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा युद्ध चर्किएको थियो। ट्रम्पले लामो समयदेखि इरानसँग सम्भावित शान्ति सम्झौताबारे चर्चा गर्दै आउनुभएको छन्, तर इरानी नेतृत्वले अहिलेसम्म त्यसमा सहमति जनाएको छैन।

ट्रम्पले उक्त सम्झौताले इरानलाई कहिल्यै पनि परमाणु हतियार निर्माण गर्न नदिने र अवरुद्ध होर्मुज जलडमरूमध्य तत्काल खुल्ने दाबी गर्दै सम्झौतामा आइतबार नै हस्ताक्षर हुन सक्ने बताउनुभएको थियो ।

तर, तेहरानले हालसम्म सम्झौतामा हस्ताक्षर गर्ने पुष्टि गरेको छैन। इरानले अहिलेका लागि अमेरिकासँग शान्ति वार्ताको कुनै अर्थ नरहेको बताएको छ।

ओबामाले अमेरिका–इरान सम्झौतामा भइरहेको जटिल प्रगतिले एउटा महत्वपूर्ण पाठ सम्झाएको बताउँदै व्यापक कूटनीतिक प्रयास नगरी केवल दबाब वा सैन्य कारबाहीबाट समस्या समाधान गर्न नसकिने भन्दै भन्नुभयो, ूहामीले अहिलेसम्म त्यो पाठ सिकिसकेको हुनुपर्थ्यो।ू

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.