जन सरोकार

क्वारेन्टाइनमा बसेका पुरुषले गरे आत्महत्या

आरडिटी परीक्षण पोजेटिभ आएर क्वारेन्टाइनमा बसेका एक पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले मंगलबार राति आत्महत्या गरेका हुन् ।

वडाध्यक्ष कमल पौडेलले दिएको जानकारी अनुसार विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि उनले रातिमा विद्यालय नजिकैको एक रूखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेका थिए उनको जेठ २४ गते गरिएको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । पीसीआर परीक्षणका लागि २५ गते उनको स्वाबको नमुना लिएर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.