विश्व समाचार

अमेरकामा दैनिक एक लाख मानिस संक्रमित हुने विज्ञको चेतावनी

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित र मृत्यु भएको अमेरिकामा रोकथाममा गरिएको प्रयास पर्याप्त नभएको भन्दै त्यहाँ दैनिक एकलाख मानिस संक्रमित हुने चेतावनी एकजना विशेषज्ञले दिएका छन् ।

बिबिसिका अनुसार अमेरिकाका संक्रामक रोगका वरिष्ठ विज्ञ डा एन्थोनी फाउचीले थप प्रभावकारी उपाय नअपनाइएमा आउँदा दिनहरू अमेरिकाका निम्ति थप चुनौतीपूर्ण हुने भन्दै अहिलेको सङ्क्रमण दरभन्दा दोब्बर बढी अर्थात् दैनिक एक लाख मानिस सङ्क्रमित हुनसक्ने चेतावनी दिनुभएको हो ।

अहिले अमेरिकामा दैनिक सरदर ४० हजार मानिस सङ्क्रमित हुने गरेका छन् । उहाँले नागरिकस्तरबाट पनि सङ्क्रमण कम गर्न सामाजिक दूरी राख्ने र मास्क लगाउने नियम पालना हुनुपर्नेमा जोड दिनुभएको छ ।

अमेरिकी सिनेटको समितिद्वारा आयोजित सुनुवाइमा उहाँले अहिले सङ्क्रमण नियन्त्रण गर्न सकेका छैनौँ भन्ने स्पष्ट भएको भन्दै फ्लोरिडा, एरिजोना, टेक्सस र क्यालिफोर्नियालाई अहिले तीव्र गतिमा महामारी फैलिएको राज्यको रूपमा उदाहरण दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.