जापान

एनआरएनए जापानको मतदाता नामावलीमा गल्ती नै गल्ती

एनआरएनए जापान निर्वाचन समितिले मतदाता नामावलीमा विविध समस्या रहेको भन्दै मतदाता फारम भरेकाहरुबाट भएको त्रुटीबाट जटिलता उत्पन्न भएको जनाउँदै यथासमयमा समस्या समाधान गर्ने जनाएको छ ।

एनआरएनए रासप जापान निर्वाचन समिति २०२१ ले एक विज्ञप्ति जारी गरी जुलाई ४ मा प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार आज (जुलाई ६) साँझ ५ बजेसम्म रासप कार्यसमितिले मतदाता नामावली पठाउनुपर्ने प्रावधान अनुसार नै प्राप्त भएको छर त्यसमा विविध समस्या रहेको जनाइएको हो ।

मतदाता नामावली एनआरएनए जापानका सदस्यहरु आफैंले अनलाइन सदस्यता फारम भरेको विवरणकै हुवहु तयार गरिएको तर मतदानका लागि आवश्यक पर्ने प्रमुख विवरणहरु मोबाइल नम्बर तथा इमले ठेगाना गलत रहेको पाइएको छ ।

कुल ९हजार २ सय ६६ मतदाता संख्यामा एक हजारभन्दा बढीको मोबाइल नम्बर गलत दर्ता भएको पाइएकाले मतदानका विषयमा एसएमएस पठाउन नमिल्ने जानकारी गराइएको छ ।

हेर्नुहोस् विज्ञप्तिको पूर्ण विवरण

हामीलाई प्राप्त जानकारी अनुसार, यो मतदाता नामावली यस अघि एनआरएनए जापानका सदस्यहरू आफैले अनलाइन सदस्यता फाराममा भरेको विवरणकै आधारमा हुबहु त्यहि विवरणलाई संलग्न गरि तयार पारिएको छ। तर मतदानका लागि आवश्यक पर्ने प्रमुख विवरणहरूमा सदस्यहरूको मोबाइल नम्बर अथवा ईमेल ठेगानाहरूको आधिकारिकता र सहि-गलतको चेकिङ्ग गर्दा, हामीले निम्न तीन समस्याहरू देखेका छौं।

१. कुल ९,२६६ सदस्य सँख्या (मतदाता सँख्या) मा मोबाइल फोन नम्बर (०९०, ०८०, अथवा ०७० बाट शुरुहुने फोन नम्बरहरु) नभइ घर या कार्यालयको फोन नम्बर अथवा गलत फोन नम्बर दर्ता गरेका सदस्यहरूको सँख्या १,०४८ रहेको। मोबाइल फोन नम्बरबाहेकका फोन नम्बरमा एसएमएस (SMS) पठाउन नसकिने।

२. कुल ९,२६६ सदस्य सँख्यामा गलत ईमेल ठेगाना (Invalid Email Address) दर्ता गरेका सदस्यहरूको सँख्या लगभग ३० जना रहेको। गलत ईमेल ठेगानाहरूमध्ये कुनैको थोप्लो नभएको, कुनैमा @ नभएको, कुनैमा खाली ठाउँ रहेको आदि रहेको देखिन्छ।

३. हामीले प्रयोग गर्न गइरहेको मतदान सीस्टममा मोबाइल फोन नम्बर बाहेकको फोन नम्बर प्रयोग गरि एस.एम.एस. (SMS) पठाउन नसकिने र गलत ईमेल ठेगाना रहेको खण्डमा पुरै मतदाता नामावलीनै सीस्टममा राख्न नमिल्ने भएकाले आहिले निर्वाचन समितिसँग या त मोबाइल फोनको मात्र प्रयोग मार्फत, या ईमेल ठेगानाको मात्र प्रयोगमार्फत, या मोबाइल फोन नम्बर हुनेहरूको हकमा एस.एम.एस. (SMS) र नहुनेको हकमा ईमेल मार्फत मतदान पत्रको लिङ्क पठाउने उपायहरू रहेकाछन्। कुन चाँहि माध्यमको प्रयोगले कुनैपनि मतदाता मतदान गर्ने अधिकारबाट बञ्चित हुनुपर्नेछैन भन्ने कुरालाई मध्यनजर गरि छिट्टै निर्णय गर्नेछौं।

यस अत्यन्त गाह्रो काममा यहाँहरूको साथ र सहयोगको अपेक्षा गर्दछौं।

हामीलाई उपलब्ध गराइएको मतदाता नामावलीमा कुनै किसिमको थपघट र केरमेट गर्ने काम निर्वाचन समितिको कार्यक्षेत्र र कार्याधिकार बाहिर पर्ने भएकाले, हामीले जे-जस्तो अवस्थामा मतदाता नामावली उपलब्ध गराइएको छ, त्यस्तै अवस्थामा आवश्यक विवरणहरू प्रयोग गर्नुपर्ने हुनआउँछ। त्यसैले, मतदाता नामावलीमा रेहेको त्रुटिका बारेमा हामीहरू जिम्मेवार नरहेको कुरापनि यसै सूचनामार्फत जानकारी गराउँदछौं।

धन्यवाद।

निर्वाचन समिति २०२१
एनआरएनए रासप जापान

कार्यसमितिको निर्वाचन २०२१

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button