एन आर एन न्युजजापान

एनआरएनए जापानको सह-कोषाध्यक्ष पदमा दिपक सुनारको उम्मेदवारी

कृष्ण अधिकारी
भावी नेतृत्व चयनका क्रममा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमितिका लागि सह-कोषाध्यक्ष पदमा दिपक सुनारले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

आउँदो जुलाई २५ तारिक ओशाकामा हुने अधिवेशनबाट चयन हुने नयाँ पदाधिकारीका रुपमा सुनारले सहकोषाध्यक्ष पदमा दावी गर्नुभएको हो । जापानमा रेष्टुरेन्ट सहित विभिन्न फरक व्यवसायमा आवद्द रहनु भएका निगाता निवासी सुनारले आगामी दिनमा संस्थाको आर्थिक तथा संस्थागत विकासमा सक्रिय रहने दावी गर्नु भएको छ ।

एक दशकभन्दा लामो समयदेखि समाजसेवा अनुभवलाई फराकिलो बनाउन र आफ्नो क्षमता प्रदर्शन गर्ने लक्ष्य सहित सहकोषाध्यक्ष पदमा दावी गरेको सुनारले नेपालजापान डटकमलाई बताउनुभयो ।

एनआरएनए जापान निगाता क्षेत्रीय समितिका निवर्तमान संयोजक समेत रहनुभएका सुनार कास्की पोखरा समाज जापानको प्रवक्ता समेत हुनुहुन्छ । संस्थाको आर्थिक विकास तथा पारदर्शिताका लागि पूर्णतः डिजीटल प्रविधिमा रूपान्तरण गर्न प्रतिबद्धता व्यक्त गर्दै आउनु भएका सुनारले नयाँ कार्यकालमा झण्झटिलो चुनावी प्रक्रियामा नभई सर्वसम्मत रूपमा नेतृत्व चयन हुनुपर्नेमा जोड दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.