इजिप्टमाथि पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई ३-२ ले पराजित गर्दै क्वाटरफाइनलम प्रवेश गरेको हो । खेलको १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो ।
त्यस्तै खेलको ६७औँ मिनेटमा मुस्तफा जिकोले गोल थप्दै इजिप्टलाई २–० को बलियो अवस्थामा पुर्याए । त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो । क्रिस्टियन रोमेरोले खेलको ७९औँ मिनेटमा गोल गर्दै खेललाई २-१लो स्थितिमा ल्याए ।
यस्तै लियोनेल मेस्सीले खेलको ८३औँ मिनेटमा होल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । त्यसपछि खेल दोस्रो हाफको अतिरिक्त समय (९०+३ औँ मिनेटमा)मा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए । अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल गरेको हो ।




प्रतिक्रिया राख्नुहोस्