राजनीति

वैधानिकताको चौघेरामा जसपा

एकातिर खारेजको माग गर्दै सर्वोच्चमा रिट, अर्कातिर नयाँ दल दर्ताको प्रक्रिया

सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा) खारेज गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । निर्वाचन आयोग र जसपालाई विपक्षी राजपाका तत्कालीन उपाध्यक्ष राजकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रले आज दायर गरेको रिट निवेदनमा जसपालाई खारेज गर्न माग गरिएको हो ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीचको एकीकरण संविधान र कानूनी रुपमा अवैधानिक भएको र कार्यसमितिमा ३३ प्रतिशत महिला पनि नभएको रिट निवेदनमा छ ।

रिट निवेदनमा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर तथा अन्य सबै काम कारवाही यथास्थितिमा राख्न र राजनीतिक गतिविधिको सिलसिलामा हुने निर्णय समेत रोक्न आदेशको माग गरिएको छ ।

उता जसपाका केन्द्रीय सदस्य र विद्यार्थी नेताले दुईवटा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आइतबार ज्ञानेन्द्रकुमार झा र अजयकुमार झाले आयोगमा दुईवटा पार्टी दर्ताका लागि बेग्लाबेग्लै निवेदन परेको जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार ज्ञानेन्द्रकुमार झाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र अजयकुमार झाको अध्यक्षतामा राष्ट्रिय जनता पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको छ ।

यसअघि गत शुक्रबार जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव निकट हरिनारायण यादवले पूर्व राष्ट्रिय जनता पार्टी नेपाल पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो ।

पार्टी आधिकारिताका विवाद निर्वाचन आयोगमा चलिरहेका बेला जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव दुवै पक्षले एक–अर्काको पूरानो पार्टी दर्ता गराउन लागेका अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.