राजनीति

मुख्यमन्त्री लामा संसदीय दलको नेताबाट अलग, मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामा अल्पमतमा पर्नुभएको छ । लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल हुँदा अविश्वासको पक्षमा २२ र विपक्षमा १५ मत परेको हो ।

मंगलबार कांग्रेसको केन्द्रबाट पठाइएका प्रतिनिधि राजन केसीको समेत उपस्थितिमा भएको मतदानमा मुख्य मन्त्रीको पक्षमा १५ मत र उहाँको विपक्षमा २२ मत परेको हो ।

मुख्यमन्त्री लामा अल्पमतमा परेपछि कांग्रेसको संसदीय दलको नेताबाट उहाँ बाहिरिनुभएको छ । सत्तारुढ दलले नै संसदीय दलका नेतालाई विश्वास मत नदिएपछि अब मुख्यमन्त्रीको पद पनि परिवर्तन हुने सम्भावना छ ।

संसदीय दलको नेताबाट विश्वासको मत गुमाए पनि लामाले मुख्यमन्त्री पद नछाड्ने अडान लिनुभएको छ । उहाँले आफूविरुद्ध संसदीय दलमा भएको मत विभाजन प्रक्रियामा असफल भए पनि मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने र नदिने जिकिर गर्नुभएको हो ।

संसदीय दलको नेताबाट हटाइएपछि संचारकर्मीहरुसंग कुरा गर्दै लामाले सरकार एउटा पाटो र संसदीय दल अर्को पाटो भएकाले सरकारबाट राजीनामा दिनुपर्छ भन्ने नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘मुख्यमन्त्री पदबाट हटाउनपर्ने कुनै आधार छैन । हटाउनुपर्ने पनि होइन । मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन ।’

लामाले आफू हिजोसम्म संसदीय दलको नेता भए पनि आजबाट नरहेको बताउँदै मिलिजुली सरकारको मुख्यमन्त्री हुनका लागि संसदीय दलको नेता चाहिँदैन र मुख्यमन्त्री त फेर्नै नसक्ने बताउनुभयो ।

उहाँको तर्क छ, “संविधानमा एउटा पूर्ण बहुमत भएको सरकारमा नेपाली कांग्रेस पूर्ण भयो भने संसदीय दलको नेता आवश्यक पर्छ । कोलेसन गभर्मेन्टमा कोलेसन भयो भने बहुमत पुग्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.