राजनीति

खुश्बुको प्रश्न : नागरिकमाथि भएको गोली प्रहारको घटनामा कसको संलग्नता र आदेश छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनाप्रति दुख व्यक्त गर्दै नागरिकको ज्यान जाने गरी भएको गोली प्रहारको घटनामा कसको संलग्नता र आदेश छ भन्ने कुरा सार्वजनिक हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

त्यस्तै सांसदओलीले प्रधानमन्त्रीले प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै लेखेको स्टाटसमा समेत प्रश्न उठाउनुभएको छ । उहाँले अनुसन्धान नै नगरी प्रधानमन्त्रीले स्टाटसमा प्रहरीको गोलीबाट मृत्यु भएको बताएको भन्दै कुन अध्ययनले, देखायो भन्दै प्रश्न उठाउनुभयो ।

सांसद ओलीले सुनसरी घटनामा ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएको विषयमा आपत्ति जनाउनुभयो । उहाँले शान्तिपूर्ण समाजमा नागरिकमाथि गोली प्रहार हुनु लोकतन्त्रका लागि लज्जास्पद विषय भएको बताउनुभयो । उहाँले आफूहरुको प्रश्न कसले चलाएको गोलीबाट मृत्यु भएको भन्ने पनि रहेको बताउनुभयो ।

‘सुनसरीको कप्तानगञ्जमा गोली कसले चलाएको हो ? कसको आदेशमा नागरिकमाथि हतियार प्रहार भयो ? यो कुरा पीडित परिवार र आम जनताले जान्न पाउनुपर्छ,’ सांसद ओलीले भन्नुभयो, ‘के सरकारले आफ्नै नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?’

त्यस्तै उहाँले सुनसरीको घटना समाधान गर्न र सद्भाव कायम गर्ने सम्बन्धमा सबै दलले स्पष्ट रुपमा बोल्नुपर्ने बताउनुभयो । सो घटनाको दिगो समाधान राजनीतिक रुपमा खोज्नुपर्ने बताउँदै उहाँले सरकारका तर्फबाट थप पहलको आवश्यकता औँल्याउनुभयो । सांसद ओलीले सामाजिक सद्भाव कायम गर्न सबै पक्षलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.