राजनीति
‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी पर्वतारोहीहरूको निधन भएकामा दुःख व्यक्त गरेको छ ।
उक्त पार्टीका महासचिव शङ्कर पोखरेलले शोक वक्तव्य जारी गर्दै दिवङ्गत आरोहीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । पार्टीका तर्फबाट उहाँले शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
पर्वतारोहणको इतिहासमा कीर्तिमान कायम गर्दै आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल ६ महिना ६ दिनमा आरोहण गरी नेपाल र नेपालीलाई चिनाउन सफल पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ र उहाँका सहयात्रीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधनबाट पार्टी मर्माहत भएको एमालेले जनाएको छ ।




प्रतिक्रिया राख्नुहोस्