जल/वातावरण

कोरोना संक्रमितको संख्या २६ हजार नाघ्यो, १ सय २ को मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघेको छ । शनिबार पछिल्लो २४ घण्टामा ४६८ जनामा संक्रमण पुष्टि भएसंगै सो संख्या २६ हजार १९ पुगेको छ । यसै गरी १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ जना छन् ।

यस्तै मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११/११ जनामा संक्रमण पुष्टि भएको छ ।

काभ्रे, दोलखा, चितवन र महोत्तरीका ९/९ जना, खोटाङ ६, सप्तरी, सिराहा र सुर्खेतका ५/५ जना, रौतहट ४, रामेछाप र दैलेखका ३/३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २/२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका एकएक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पीसीआर टेष्ट ५ लाख नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गरिएको छ । यससँगै नेपालमा पीसीआर टेष्ट ५ लाख नाघेको छ । हालसम्म ५ लाख ५ हजार ६६० पुगेको छ ।

सम्बन्धित खबर

Back to top button