जन सरोकार

झन्डै १६ किलो अवैध लागूऔषध गाँजा बरामद

रौतहट, चन्द्रपुर नगरपालिका-१० घांगी टोल डेरा गरी बस्ने गौर नगरपालिका-६ सवगढा घर भएकी ४० वर्षीया ललिता देवी साहको कोठाबाट अवैध लागूऔषध गाँजा करिब १५ किलो ९ सय ६० ग्राम बुधबार साँझ प्रहरीले बरामद गरेको छ ।

गाँजा

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय डुमरिया र इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले ३ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार ललिताको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.