राजनीति

नगरपालिका गान रचना गर्नेलाई एक लाख पुरस्कार

काठमाडौँको कागेश्वरी-मनोहरा नगरपालिकाले उत्कृष्ट पालिका गान रचना गर्नेलाई रू एक लाख पुरस्कार दिने घोषणा गरेको छ । आज सूचना जारी गर्दै नगरपालिकाले १५ दिनभित्र आफूले रचना गरेको पालिका गान पठाउन माग गरेको हो ।

चालिसदेखि ७५ शब्दसम्म नेपाली भाषामा नगरपालिकाको पहिचान झल्किने गान नगरपालिकाको सम्पर्क ठेगानमा खामबन्द गरी पठाउन र कार्यालयको इमेलमासमेत पठाउन भनिएको छ ।

प्राप्त गानमध्ये उत्कृष्टलाई पुरस्कार दिइने नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो । नगरको विषय विज्ञ समितिले प्राप्त गानलाई छनौट गर्ने र आवश्यक परे परिमार्जन पनि गर्नसकिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.