क्रिकेटखेल

एसियाली खेलकुद क्रिकेट : क्वार्टरफाइनलमा नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा हुने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले बीसौँ संस्करणको एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वार्टरफाइनलमा स्थान बनाएको छ । नेपालले समूह ‘ए’ विजेताको हैसियतमा क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

नेपालले समूह चरणमा अफगानिस्तानलाई पाँच विकेटले हराउँदा आयोजक जापानसँग वर्षाका कारण खेल रोकिएपछि अङ्क बाँडेको हो । नेपालले अब क्वार्टरफाइनलमा श्रीलङ्काविरुद्ध खेल्नेछ । नेपाल र श्रीलङ्काबीचको खेल मङ्गलबार हुने तालिका छ ।

आज जापानसँगको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले वर्षाका कारण १५ ओभरमा झारिएको खेलमा चार विकेट गुमाएर १४९ रन बनाएको थियो ।

नागोयास्थित कोरोगी स्पोट्र्स पार्कको मैदानमा भएको खेलमा नेपालका लागि सन्दीप जोरा र लोकेश बमले अर्धशतकीय पारी खेले । जोराले ३२ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५७ रन तथा लोकेशले २२ बलमा छ छक्का र एक चौकाको सहयोगमा अविजित ५२ रनको पारी खेलेका हुन् ।

यस्तै, आसिफ शेखले १५ बलमा एक छक्का र एक चौकासहित २१ रन जोडे । जापानका लागि बलिङमा इब्राहिम ताकाहासी, डेक्लान सुजुकी, जेक कुसुडा नायर्न र रेओ साकुरानो थोमसले एक/एक विकेट लिएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.