जन सरोकार

करेन्ट लागेर दुई जनाको मृत्यु

देशका विभिन्न स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-५ स्थित देवता निर्माण एण्ड सप्लायर्स कम्पनीमा काम गर्ने बैतडी मेलौली नगरपालिका-१ घर भएका ४१ वर्षीय लक्ष्मण दयालको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।

कम्पनी नजिकै रहेको मलरिया खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएको उनको दोधारा चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै मोरङ, बेलबारी नगरपालिका-८ राधानगर बस्ने ४८ वर्षीय बिनोद राईको करेन्ट लागेर बुधबार बेलुकी मृत्यु भएको छ ।

आफ्नै घरबाट करेन्ट जडान गरी चिसाङ खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.