जन सरोकार

वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग

वीरगन्ज महानगरपालिकाले वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग गरेको छ । महानगर प्रमुख राजेशमान सिंहले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न आग्रह गर्दै सडक डिभिजन कार्यालय, हेटौँडाका प्रमुख किरण कार्कीलाई सोमबार मागपत्र बुझाउनुभएको छ ।

भूमिगत विद्युतीकरण

मुख्य सडक विस्तारपछि पुनः ओभरहेड प्रणालीबाट विद्युत् तार राख्दा भविष्यमा सडक मर्मत, विस्तार, यातायात व्यवस्थापन तथा सहरी सौन्दर्यीकरणमा समस्या आउन सक्ने भन्दै महानगरले सडक विस्तारकै क्रममा विद्युत् तार भूमिगत गर्न माग गरेको हो ।

सोही अवसरमा महानगर प्रमुख सिंहले त्रिभुवन राजपथअन्तर्गत गण्डक-घण्टाघर-भन्सार सडकखण्ड विस्तारको काम अघि बढिरहेका बेला विद्युत् पोल तथा तारको व्यवस्थापनसमेत दीर्घकालीन रूपमा गर्नुपर्ने बताउनुभयो ।

यसअघि पनि महानगरप्रमुख सिंहले वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग गर्दै आवश्यक बजेट तत्काल विनियोजन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गर्दै पत्राचार गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.