अर्थ

हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढीपीडितका लागि रु २५ लाख सहयोग

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले रु २५ लाख सहयोग गरेको छ ।

फाउन्डेसनका सचिव एवं हाम्रो सनसाइन स्कुलका प्रधानाध्यापक दिवेश खत्रीले सो बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई आज चेक हस्तान्तरण गर्नुभयो ।

खत्रीका अनुसार शिक्षक, कर्मचारी र संस्थाका सदस्यहरुका तर्फबाट रकम सङ्कलन गरी कोषमा जम्मा गरिएको हो । सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले विपद्को समयमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै बाढीपीडितको राहत तथा पुनःस्थापनालाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

स्कुलले विगत २५ वर्षदेखि आर्थिक रूपमा विपन्न बालबालिकालाई पूर्ण निःशुल्क शिक्षासहित दिवा खानाको समेत व्यवस्था गर्दै आएको खत्रीको भनाइ छ । कक्षा १२ सम्मको पठनपाठन हुने सो स्कुल काठमाडौँको बौद्धमा छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.