कोशीप्रदेश

मुख्यमन्त्री सम्मेलन विराटनगरमा गर्ने कोशी प्रदेश सरकारको निर्णय

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन यही असोज २७ र २८ गते कोशी प्रदेशको राजधानी विराटनगरमा गरिने भएको छ । कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार यस अघि सम्मेलन यही असोज २२ र २३ गते गर्ने भनिएको थियो ।

प्रदेश सरकारले विराटनगर महानगरपालिका बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालाई प्रदेशको गौरवको बहुवर्षीय आयोजनाका रूपमा सम्पत्र गर्ने, प्रदेश निजामती सेवा प्रथम संशोधन नियमावली–२०८३ लाई स्वीकृत गर्ने, आर्थिक वर्ष २०८३/८४ का लागि सामाजिक विकास मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

सरकारका प्रवक्ता एवं मन्त्री शेर्पाले प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा विराटनगर महानगरपालिका–३ निवासी तोयानाथ खतिवडा र खोटाङ जिल्लाको हलेसी निवासी हरिकुमारी राईलाई नियुक्त गर्ने निर्णय गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.