प्रदेशबागमती

क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि एक अर्ब सहयोग माग गर्ने बागमती प्रदेशको निर्णय

बागमती प्रदेश सरकारले भोटेकोशी बाढीका कारण क्षतिग्रस्त भएका भौतिक संरचना पुनःनिर्माणका लागि नेपाल सरकारसँग रु एक अर्ब अनुदान माग गर्ने निर्णय गरेको छ ।

बिहीबार हेटौँडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशभित्र क्षति पुगेका भौतिक पूर्वाधारको पुनःनिर्माणका लागि सङ्घीय सरकारसँग उक्त रकम माग गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले भोटेकोशी बाढीका कारण प्रदेशभित्रका क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माणका लागि रु एक अर्ब अनुदान माग गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.