एन आर एन न्युज

एनआरएनएले औपचारिक रुपमा गर्यो अन्तर्राष्ट्रिय महाधिवेशन स्थगत

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयले यही अक्टोबर २३ देखि २५ सम्म हुने भनिएको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।

आइतबार अध्यक्ष कुमार पन्तको सभापतित्वमा भर्चुअल माध्यमबाट बसेको सचिवालय बैठकले परराष्ट्र मन्त्रालयको सुझाव अनुसार पूर्वनिर्धारित २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरुसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय समेत गरेको छ ।

गैरआवासीय नेपाली संघको महाधिवेशनका लागि काठमाडौं आइसक्नु भएका र आउन तयार रहनु भएका प्रतिनिधिहरुमा पुगेको असुविधाप्रति क्षमायाचना गर्दै अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर यस विषयमा थप निर्णय गरिने पनि बताइएको छ ।

बैठकले विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरुलाई विजया दशमी, दीपावली र छठ पर्वको मंगलमय शुभकामनासहित अक्टोबर ११ मा परेको गैरआवासीय नेपाली दिवसको शुभकामना समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.