जल/वातावरण

सोमबार थपिए ४ हजार ४७ जना : कूल संक्रमित १ लाख ११ हजार

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका र यी सहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

यसै गरी सोमबार कोरोनाबाट १ हजार ४ सय ७३ निको भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ । त्यस्तै अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३३ हजार ८८० जना सक्रिय संक्रमित छन् ।

सोमबार मात्र थप मृतक ९ जनामा कोरोना पुष्टि भएको कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.