राजनीति

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नियुक्त हुनुभएका तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

बिहीबार बिहान साढे ११ बजे आयोजित सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सपथ खुवाउनभएको हो । शपथपछि नवनियुक्त मन्त्रीहरूले पदभार सम्हालेका छन् ।

बुधबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ केही मन्त्रीको जिम्मेवारी हेरफेर र तीन मन्त्रीको नयाँ नियुक्ति गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.