रेशम चौधरीको आममाफीबिरुद्धको मुद्दामा सुनुवाई हुँदै
सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरीबिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज बिहिबार अन्तिम सुनुवाई हुँदैछ ।
केही दिनअघि संविधान दिवसको मौकामा व्यक्ति हत्यामा जन्मकैद सजाय भोगिरहेका रिगल ढकाललाई दिइएको आममाफी सर्वोच्चले उल्टाइदिएपछि रेशमको मुद्दामा उत्तिकै चासो बढेको छ ।
गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते माफीटीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले गत जेठ १६ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
सर्वोच्च अदालतले समेत दोषी ठहर गर्दै जिल्ला अदालत र उच्च अदालतको फैसला सदर गरे पनि सरकारले चौधरीलाई कैद माफी दिने निर्णय गरेको थियो।
कडायतले दायर गरेको रिटमा पहिलो सुनुवाइ जेठ २३ गते भएको थियो। बिहिबार पेसीमा रहेको उक्त मुद्दा सुनुवाइको पालो आए आजै फैसलाको लागि बहस हुनसक्ने देखिएको छ।




प्रतिक्रिया राख्नुहोस्