राजनीति

दाङमा बन्दकर्ताको रचनात्मक काम, सडकमा कुचो, जेब्रा क्रसिङमा रंग लगाए

लामो समय अद्र्धभूमिगतपछि खुला राजनीतिमा आएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका क्रममा अराजक अराजक गतिविधिको साटो बन्दकर्ताहरुले रचनात्मक काम गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिरुद्ध गरेको नेपाल बन्दका क्रममा कुनै हिंसात्मक घटना घटेको छैन । देशभर बन्दको आंशिक प्रभाव परेको छ । कतिपय स्थानबाट बन्द गराउँदै हिंडेका सयभन्दा बढी पक्राउ परेका भए पनि दाङमा भने बन्दकर्ताले सडकमा कुचो लगाउनेदेखि जेब्रा क्रसिङमा रंग लगाएका छन् ।

राजनीतिक कार्यकर्ताहरू अराजक मात्र हुन्छन भन्ने सोचलाई कम गराउन र समाजमा रचनाताम्क काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन समाचार अनुसार बन्दकर्ताहरूले आफैँ कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन ।

वृद्धिको विरोधमा बन्द भए पनि त्यसलाई सदुपयोग गरेर रचनात्मक बनाएको बताउँदै सबै साथीहरूले नयाँ र रचनात्मक काम गरौँ भनेर प्रयास गरेको हेमन्त प्रकाश वलीले बताउनुभयो ।

वलीले बन्दको समयमा यस्तो गरेमा नियमित अवस्थाको भन्दा राम्रो हुने र सडक खाली भएको बेला गरिएको पेन्टसमेत दीर्घकालीन हुने विश्वास आफूहरूले लिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.