जन सरोकार

कोभिड जितेका रेडक्रसका पूर्व अध्यक्ष शर्माको निधन

अग्रज समाजसेवी, नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष रमेशकुमार शर्माको आज निधन भएको छ । कोभिडलाई जितेर पनि निमोनिया र अन्य स्वास्थ्य समस्याका कारण आज बिहान उहाँको ग्राण्डी अस्पतालमा निधन भएको हो ।

त्रियानब्बे वर्षीय शर्माको मृत्युले सामाजिक सेवा क्षेत्रले एक अगुवा गुमाएको छ । उहाँले स्पेनका राजाबाट समाजसेवा सम्मान प्राप्त गर्नुभएको थियो । आजै उहाँको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

सोसाइटीको तर्फबाट अध्यक्ष डा नेत्रप्रसाद तिम्सिना र महामन्त्री पीताम्बर अर्यालले स्व शर्माको पार्थिव शरीरमा रेडक्रसको झण्डा र पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । उहाँका तीन छोरा र दुई छोरीहरु छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.