काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोज सामू जितको लागि १ सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । कर्णालीको लागि प्रियान्क पन्चालले ४८ बलमा सात चौका र छ छक्कासहित ९० रनको अर्धशतकीय पारी खेले भने पवन सर्राफले १६ बलमा एक चौका र तीन छक्काको मद्दतमा अविजित २७ रन बनाए ।
त्यस्तै म्याक्स डोआउडले २० रन जोड्दा मार्क वाटले १६ रन बनाए । चितवनका लागि रवि बोपारा, सैफ अली जैब र सोहेल तनवीरले समान एक-एक विकेट लिए ।
चितवन राइनोजको ‘प्लेइङ–११’ मा कप्तान मल्लसहित रिजन ढकाल, देव खनाल, अर्जुन साउद, दीपक बोहरा, विपिन आचार्य, कमलसिंह ऐरी, डेविड मलान, रबी बोपारा, सइफ जइब र सोहेल तन्विर रहेका छन् ।
त्यसैगरी कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गरिरहेका छन् । कर्णालीका अन्य खेलाडीमा पवन सर्राफ, नन्दन यादव, युनिस ठकुरी, युवराज खत्री, मार्क वाट, म्याक्स ओडाउड, अर्जुन घर्ती, गुल्सनकुमार झा, नजिबुल्लाह जद्रान र प्रियाङ्क पाञ्चल छन् ।
सोमबार उद्घाटन खेलमा काठमान्डु गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । यस पटक स्तरोन्नति गरिएको त्रिवि मैदानको फ्लडलाइटमा प्रतियोगिताका अधिकांश खेलहरू हुनेछन् । प्रतियोगितामा कुल आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।




प्रतिक्रिया राख्नुहोस्