पुस ६ गतेको संसद बैठकमा एमसीसी पेश गर्ने तयारी
नेपालको सत्ता राजनीतिलाई तताइरहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गराउन अमेरिकाले दवाव दिइरहका बेला सरकारले संसदको अर्को बैठकमा पेश गर्ने तयारी गरेको समाचार छ ।
मंसिरको पहिलोसाता नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री तथा सत्तारुढ दल तथा विपक्षी दलका नेताहरुसंग एससीसीलाई मंसिर २८ (१४ डिसेम्बर)भित्र टुंगो लगाउन समयसीमा दिनुभएको थियो ।
नेताहरुसंगको भेटमा लुले सो समयसम्म नेपालले टुंगो नगरे अमेरिकाले यो सहयोग अन्यत्र लैजानेबारे विकल्प अघि बढाउने जानकारी दिनुभएको थियो । सोही अनुसार सरकारले मंसिर २८ गते नै संसदमा पेश गर्ने तयारी गरेको भए पनि सत्ता गठबन्धनका नेताहरु सहमत नभएपछि एकसाता पछि धकेलिएको हो ।
हिजो मंगलबार संसदमा एमससी पेश हुने तयारीको खबर बाहिरिएसंग विभिन्न दलका नेता, कार्यकर्ताहरुले संसदभवन वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि बिरोध प्रदर्शन गरेका थिए ।
समाचार सूत्रका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमै सम्झौता टेबल गर्न चाहे पनि गठबन्धनका अन्य दलले बृहत् छलफल गर्नुपर्ने सुझाव दिएपछि आगामी बैठकमा अघि बढाउने तयारी गरिएको हो ।
प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई तत्काल एमसीसी अघि बढाउने विषयमा कुराकानी गरेपछि एकपटक सर्वदलीय छलफल गरी अघि बढाउनु उचित हुने सुझाव दिएपछि सोही अनुसार गर्ने तयारी भएको जनाइएको छ ।
अध्यक्ष दाहाल एमसीसी सम्झौता संशोधन गरेरमात्र संसद्बाट अघि बढाउने पक्षमा हुनुहुन्छ भने प्रतिपक्ष दल एमालेले एमसीसीबारे अझै धारणा बनाइसकेको छैन ।
केपी ओली नेतृत्वको सरकारले उतिबेलै संसदमा टेबुल गरेको एमसीसी अघि बढाइएको छैन । यसपटक भन संसदबाट पारित गर्ने तयारी स्वरुप प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी टेबुल गर्ने तयारी रहेको बताइएको छ ।
डिसेम्बर १४ सम्म एमसीसीको टुंगो लगाउन प्रचण्डसंग अमेरिकी सहायकमन्त्री लुको समयसीमा





प्रतिक्रिया राख्नुहोस्