फिरन्ते जीवन बिताउने राउटे समुदाय (फोटोहरुसहित)
नेपालको लोपोन्मुख जातिमा रहेको फिरन्ते जीवन बिताउने राउटेको स्थायी बसोबास हुँदैन । राउटे जाति खस आर्य समुदायको पिछडिएका नेपालको लोपोन्मुख आदिवासी हुन् ।
यिनीहरू खेतीपाती गर्दैनन् । काठको भाँडा बनाएर बजारमा त्यसको सटही गर्ने राउटेको मुख्य पेशा शिकार पनि हो । प्रायःजसो गुना बाँदर तथा अन्य जङ्गली जनावरको सिकार गर्ने र कन्दमुल, फलफूल र अन्य वनस्पति खाएर बाच्ने गर्दछन् ।
फिरन्ते जीवन बिताउने राउटे जातिले खस भाषा बोल्दछन् भने आधुनिक नेपाली भाषा पनि राम्रोसँग बोल्न साथै बुझ्न सक्दछन् । तस्वीरमा देखिएको दैलेखको भैरबी गाउँपालिका ५ कागेतडामा रहेको लोपोन्मुख राउटे समुदायको बस्ती हो ।

राउटे समुदायको आफ्नै रितिरिवाज रहेको छ । राउटे पुरुषले टोपी, फेटा, लंगौटी, कछाड, साडीको गादो लगाउने गर्दछन् भने महिलाहरूले चोली, फरिया, गादोका साथै फलाम र पित्तलका गहना पनि लगाउँछन् ।
उनीहरु बिषेश गरेर देवतामा मस्टो र भुयार कुलदेवताको पूजा गर्ने गरेको हिन्दु धर्म मान्ने गरेका, माघी र दशैँ मान्ने गर्दछन् ।राउटे समुदायमा मुख्य मान्छेलाई मुखिया भन्निछ । उनीहरु मुखियाको निर्देशनमा चल्ने गर्दछन् ।
राउटेहरु आफुलाई कर तिरो तिरेर खेतीपाती गरेर, गाउँमा बस्नुलाई र अर्काको सित्तैमा खानुलाई अपराध मान्दछन् भने दैनिकीमा पनि उनीहरुको आफ्नै किसिमको चलन रहेको छ ।
एक ठाउँबाट अर्को ठाउँका लागि हिंडेपछि पछाडि फर्केर खोला वा तालको पानी खाँदैनन्, मूलको मात्र खान्छन् । सम्पत्तिका रूपमा यिनीहरूसँग पकाउने भाँडा, दाउरा काट्ने र शिकार गर्ने केही हतियारमात्र हुन्छन् ।

राउटे समुदायको आफ्नै रितिरिवाज रहेको छ । राउटे पुरुषले टोपी, फेटा, लंगौटी, कछाड, साडीको गादो लगाउने गर्दछन् भने महिलाहरूले चोली, फरिया, गादोका साथै फलाम र पित्तलका गहना पनि लगाउँछन् ।
उनीहरु बिषेश गरेर देवतामा मस्टो र भुयार कुलदेवताको पूजा गर्ने गरेको हिन्दु धर्म मान्ने गरेका, माघी र दशैँ मान्ने गर्दछन् ।राउटे समुदायमा मुख्य मान्छेलाई मुखिया भन्निछ । उनीहरु मुखियाको निर्देशनमा चल्ने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्