विश्व समाचार
बेलायतमा दुई वर्षयताकै सबैभन्दा बढी संक्रमित
बेलायतमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै सबैभन्दा बढी संक्रमित भएका बताइएको छ । यहाँ गएको २४ घन्टा यता १ लाख २९ हजार ४७१ जना संक्रमित भेटिएका छन् ।

उनीहरुका अनुसार सोमबार यहाँ सोमबार कोरोनाका कारण १८ जनाको ज्यान गएको बताएका छन् । यहाँ अहिलेसम्ममा १ करोड २३ लाख भन्दा बढी संक्रमित पाइएका छन् ।
त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार २१ जनाको ज्यान गएको बताएका छन् ।
यहाँ पछिल्लो समयमा ओमिक्रोनको संक्रमण पनि बढ्दै गएको छ । जसका कारण यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ ।
पछिल्लो समयमा यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने संक्रमितहरुको संख्या पनि बढ्दो देखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्